+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कलाकारले व्यवसायिक आधारभूत सिद्धान्तलाई पालना गर्नुपर्छः निर्माता वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते ११:२३

नायक पल शाहले चलचित्रमा काम गरेबापत पारिश्रमिक नपाएको र तीनै निर्माताले सहमतिमा मिलेर काम गर्नुपर्छ भन्दै हिँडेको भन्दै आक्रोश पोखे । कुनै पनि निर्माताको नाम नलिई उनले दिएको अभिव्यक्तिले उनीसँग काम गरेका सबै निर्माता डामिए ।

पलको यो भनाइ सार्वजनिक भएसँगै अन्य कलाकारले पनि पारिश्रमिक नपाएको गुनासो गर्दै मिडियामा अभिव्यक्ति दिन थालेका छन् । यसले चलचित्र क्षेत्रमा निर्माताले कलाकारलाई पारिश्रमिकमा झुलाउने गरेको सन्देश बजारमा गएको भन्दै केही निर्माताले असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्माता माधव वाग्लेले यदि कुनै निर्माताले पारिश्रमिकमा बदमासी गरेको भए विभिन्न संघसंस्थामा उजुरी दिन र कानुनी साहारा खोज्न कलाकारलाई सुझाव दिएका छन् ।

वाग्ले भन्छन्–‘निर्माता खराब छन् भने प्रमाणसहित सार्वजनिक गर्नुहोस् । यो कलाकारको अधिकार पनि हो । तर, कलाकारले पनि व्यावसायिकताको आधारभूत सिद्धान्तलाई कमसेकम पालना गर्नुपर्छ । सम्झौता अनुरुप राज्यले तोकेको कानुनी विधि पूरा गर्नुपर्‍यो। आफ्नो तर्फबाट सम्झौ‍ताको मर्म अनुरुप सिनेमा अवधिभर व्यावसायिकता देखाउनुपर्‍यो ।’

वाग्लेले कलाकारले अस्पष्ट रुपमा कुरा बाहिर ल्याउँदा इमान्दार निर्माताहरू मर्कामा पर्ने पनि बताएका छन् ।

पारिश्रमिकको कुरा लिएर सहमतिमा आउनुभन्दा पनि मिडियाबाजी गर्दा निर्माता र कलाकारबीचको दुरी अझै बढ्ने वाग्लेको भनाइ छ । उनले कलाकारले पनि एउटा चलचित्रको पारिश्रमिक लिएर फोन अफ गरेर बस्ने, एउटा चलचित्रको लागि सेड्युल मिलाएर अर्कोमा गइदिने काम गर्न नहुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?