+
+

सल्यानमा पहिरोमा वृद्धको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १८:३७

१२ असार, सल्यान । सल्यानमा पहिरोमा पुरिएको अवस्थामा एकजना वृद्धको शव फेला परेको छ ।

कालीमाटी गाउँपालिका वडानम्बर ६ निवासी अन्दाजी ७० वर्षीय डिल्लीबहादुर आलेको शव पहिरोमा कम्मरभन्दा माथिको भागसम्म पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

वृद्ध यही असार ९ गते बिहान घाँस काट्न जान्छु भनी घरबाट निक्लिएको र त्यसपछि घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो । घरबाट निस्किएको तीन दिनपछि बिहीबार नजीकैको डाँगडुँगे खोलाको पहिराले पुरिएको अवस्थामा शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?