Comments Add Comment

ट्रकमा पिकअप भ्यान ठोक्किँदा दुई जनाको मृत्यु

१३ असार, बुटवल । राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किँदा त्यसमा सवार दुईजनाको ज्यान गएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी ट्रकमा ठोक्किंदा गुरुङको घटनास्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिए ।

पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् । पूर्वतर्फ जाँदै गरेको ट्रक बिग्रिएर मर्मतका लागि वडा प्रहरी कार्यालय रामनगर नजिकै सडकमै रोकेर राखेको अवस्थामा दुर्घटना भएको रेग्मीले बताए । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment