Comments Add Comment

नितिनको भिडियोमा प्रदीपको भिन्न अवतार

प्रदीप खड्कालाई भर्सटायल नायकको रुपमा चिनिन्छ । नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका प्रदीपको फ्यान क्रेज पनि लोभलाग्दो छ।

चलचित्रमा विशेषगरी प्रदीपलाई दर्शकले लभरब्वाइको रुपमा रुचाएका छन् । तर प्रदीपले चलचित्रको पर्दामा आफूलाई फरक–फरक भूमिकामा ढाल्ने कोसिस नगरेका होइनन् ।

उनै प्रदीपलाई दर्शकले अब एउटा भिडियोमा नयाँ लुक्समा देख्न पाउनेछन् । नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ नामक बोलको गीतमा प्रदीपको गेटअप फरक छ ।

यो भिडियो आज सार्वजनिक हुँदैछ । भिडियोको निर्माणपक्षले प्रदीपको गेटअपसहितको टिजर सार्वजनिक गरेको छ ।

सत्य–स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वरमा समावेश यो भिडियोले राष्ट्रियताको भाव बोकेको छ । १ वर्षभन्दा लामो समयदेखि पर्दाबाट हराएका प्रदीपका फ्यानका लागि उनको यो भिडियो विशेष उपहार हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment