Comments Add Comment

स्रोत नखुलेको रु. १८ लाखसहित तीन जना पक्राउ

१४ असार, जनकपुरधाम । महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहितकुमार साह, २७ वर्षीय जयकुमार साह र २२ वर्षीय संजयकुमार साह रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले जलेश्वरबाट सम्सीतर्फ जाँदै गरकाे अवस्थामा मनरा सिस्वा नगरपालिका-२ भलुई चौकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

ज ११ प ८१०८ र प्रदेश २–०३–००३ प ४०९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको सो रकम बरामद भएको डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए । नियन्त्रणमा लिएका तीनै जनामाथि थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment