Comments Add Comment

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

१५ असार, काठमाडौं । म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम क्वाटरफाइनलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

न्यूकासलको मैदानमा भएको खेलमा सिटीका लागि ३७औं मिनेट केभिन डे ब्रुएनाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ६८औं मिनेटमा रहित स्टर्लिङले सिटीका लागि दोस्रो गोल गरे ।

यसअघि नै म्यानचेष्टर युनाइटेड र दुई लण्डन क्लब चेल्सी र बर्सनल सेमिफाइनल पुगिसकेका छन् । अब सेमिफाइनल म्यानचेष्टर सिटी र बर्सनल तथा म्यानचेष्टर युनाइटेड र चेल्सीबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment