Comments Add Comment

‘मामी फिल्म फेस्टिभल’को सदस्य पदबाट करणले दिए राजीनामा

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएपछि अहिले बलिउडमा परिवारवादको मुद्दा चर्किएको छ । यो बिषयमा निर्माता करण जोहरलाई सबैभन्दा धेरै आलोचना गरिएको छ । बलिउडमा परिवारवाद अगाडि बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको आलोचकहरुले बताइरहेका छन् ।

अत्याधिक आलोचना भएपछि करण अहिले आफूलाई सामान्य रुपमा राखिरहेका छन् । उनले, ट्विटरबाट धेरै बलिउडकर्मीलाई अनफलो गरिसकेका छन् भने इन्स्टाग्रामबाट पनि कमेन्ट हटाएका छन् ।

उनै, करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात मामीबाट राजीनाम दिएका छन् । उनी यो फिल्म फेस्टिभलको बोर्ड सदस्य समेत हुन् ।
भारतीय मिडियाका अनुसार, विभिन्न आरोपबाट दिक्क हुँदै करणले मामीको निर्देशक स्मृती किरणलाई राजीनामा पठाएका हुन् ।

करणसँग स्मृती र नायिका दीपिका पादुकोणले राजीनामा नदिन आग्रह गरेका थिए । यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र करण जोहर छन् । करण बलिउडका कलाकारसँग पनि रिसाएको भारतीय मिडियाले जनाएका छन् । आफूमाथि निरन्तर हमला हुँदा पनि कसैले सहयोग नगरेको भन्दै करण आक्रोशित बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment