Comments Add Comment

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ असार, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२, स्याँलामा ट्याक्टर दुर्घटना हुँदा गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको हो ।

सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोदराज खनालले जानकारी दिए ।

खोलामा बाढी आएका कारण उनी बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीबाट सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको खनालले जानकारी दिए ।

सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको थियो ।

दुर्घटनामा टयाक्टरका चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु परियार घाइते भएर पाल्पामा उपचार गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment