Comments Add Comment

आत्महत्या गर्नेको मनोदसा र भ्रम

पछिल्लो समय नेपालमा आत्महत्या दर बढ्दो छ । भनिन्छ, दैनिक औसत १९ जनाले आत्महत्या गरिरहेका छन् । वर्तमान स्थितिमा जनजीविका कष्टकर बन्दै गएकाले आत्महत्या बढ्नुमा लकडाउन पनि एउटा प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ । त्यसो त आर्थिक जटिलता, पारिवारिक कलह जस्ता थुप्रै कारणले आत्महत्या गर्न उक्साउने गरेको पाइन्छ । मान्छेले किन आत्महत्या गर्छन् ? आत्महत्या कुनै समाधान हो ? आत्मत्याअघि उनीहरुको मनोदसा कस्तो हुन्छ ? के कारणले उनीहरुलाई आत्महत्याका लागि उक्साउँछ ?

आत्महत्याको वृहत मनोवैज्ञानिक पक्ष रहेको छ । यसमाथि अनेक तर्क÷विर्तक गर्न सकिन्छ । आत्महत्या गर्नेले सही गरेका हुन् वा गलत ? जीवन अनमोल छ । मानव जीवन पाउनु आफैमा एउटा सौभाग्य हो । तर, यही जीवन कतिपय मान्छेलाई किन बोझ लाग्छ ?

संसारमा करोडौं मान्छे रोग र भोकसँग जुधेर बाँच्ने यत्न गरिरहेका छन् । एक छाक वा आधा पेट खाएर पनि मान्छेले बाँच्ने प्रयास गर्छ । कतिपय कठिनाई, जटिलतासँग मान्छे यसकारण जुध्छन् कि, बाँच्न पाउनु आफैमा एउटा उपलब्धी हो । यस्तो अवस्थामा कतिले भने आफ्नो जीवन आफैले समाप्त गर्छन् । किन ?

यो कायरता हो वा हिम्मत ?

आत्माहत्या गर्नु कायरता हो वा हिम्मत ? यसमा सबैका एकमत छैन । एकथरी भन्छन्, आत्महत्या गर्नु कायरता हो । उनीहरुको तर्क अनुसार जो जीवनका कठिनाई, अप्ठ्यारासँग जुध्न सकेनन् वा डराए, उनीहरुले आफैलाई समाप्त गरे । अर्थात उनीहरु आफ्नो जिन्दगीसँग लड्नुपर्ने थियो । उनीहरुले आफ्नो समस्याको समाधान खोज्नुपर्ने थियो । उसले आफन्त, साथीभाई, चिनेजानेकाबाट आवश्यक सहयोग लिनुपथ्र्यो । जसरी हुन्छ, जे गरेर हुन्छ उनीहरुले आफ्नो जीवनलाई बाँकी राख्नुपथ्र्यो । बचाइराख्नुपथ्र्यो ।

कतिपय भने यो तर्कमा सहमत हुँदैनन् । अर्थात आत्महत्या गर्नुलाई उनीहरु कायरता भन्दैनन् । बरु यो हिम्मतको काम मान्छन् । यस्ता तर्क गर्नेहरु भन्छन्, ‘यो कायर व्यक्तिले गर्न सक्ने काम होइन । आत्महत्याका लागि हिम्मत चाहिन्छ ।’ यो एक अन्त्यहिन वहस हो र सायद निरर्थक पनि । किनभने आत्महत्या साहस थियो वा कायरता त्यो त आत्महत्या गर्नेहरुले नै भन्न सक्लान् । उनीहरुले बहादुरीसाथ आफ्नो ज्यान दिए वा जिन्दगीसँग डराएर ?

सुसाइड नोटको मनोविज्ञान

आत्महत्या गर्नुअघि धेरैले सुसाइड नोट लेख्ने गरेका छन् । त्यसको पनि आफ्नो मनोविज्ञान छ । कुनै बखत यो कसैसँग बदला लिनका लागि हुन्छ त कुनै बखत यो कसैसँग माफ पाउनका लागि । यद्यपि सुसाइड नोटले आफन्तलाई सधै पीडा दिन्छ । उनीहरुले जब सुसाइड नोट पढ्छन्, उनीहरुलाई पीडा हुन्छ । मर्ने व्यक्तिले आफन्तलाई जिन्दगीभर रुवाउने कारण बन्छ ।

अर्थव्यवस्थाको एउटा नियम हुन्छ कि कुनै वस्तु बजारबाट हटाउनु परेमा त्यसको मूल्य बढाइदिने । मान्छेले आफ्नो बारेमा पनि सायद यस्तै सोच्छन् । स्वयम्लाई सबै मान्छेबाट अलग गर्नका लागि सबैभन्दा ठूलो कदम आत्महत्या गर्नु । तर, आत्महत्या गर्ने व्यक्तिले यो कुरा भुल्छन् कि बढेको मूल्यको महत्व त्यसबेला हुन्छ, जब उनी फेरी उपलब्ध हुनेछन् । तर, दुर्भाग्य के भने आत्महत्या गर्नेले सधैका लागि विदा लिइसकेका हुन्छन् उनी पुनः फर्केर आउन संभव हुँदैन ।

जिन्दगी फिल्म होइन

कुनै व्यक्तिले जब आत्महत्या गर्छन् तब उनका आफन्तहरु लास आसपासमा आउँछन् । रुन्छन् । कराउँछन् । विलौना गर्छन् । यी सबै दृश्य आत्महत्या गर्ने व्यक्तिको आत्माले देखिरहेको हुन्छ । यो केवल फिल्ममा मात्र हुन्छ । मृत्युपछि के हुन्छ ? आत्मा मर्छ वा मर्दैन ? पुर्नजन्म हुन्छ कि हुँदैन ? मरेपछि स्वर्ग वा नर्कमा पुगिन्छ वा पुगिदैन ? यी प्रश्नहरुको कुनै वैज्ञानिक जवाफ छैन ।

आत्महत्याबारे खोज÷अध्ययन गर्नेहरुको मत के कुरामा मिल्छ भने, आत्महत्या गर्ने व्यक्तिले कहिले पनि अचानक आत्महत्या गर्दैनन् । आत्महत्या गर्नुअघि उनले कुनै न कुनै संकेत दिइरहेको हुन्छ । उनको अनुहारको भाव, हाउभाउ, व्यवहार आदिबाट पनि यस्तो गडबडीको संकेत वा छनक पाउन सकिन्छ ।

जस्तो कुनै कुरामा ध्यान केन्द्रित नगर्नु, एक्लै बस्न रुचाउनु, सधै उदास देखिनु, खान मन नगर्नु जस्ता थुप्रै कुराहरुबाट उक्त व्यक्तिको खराब मनोदसा बुझ्न सकिन्छ ।

आत्महत्या धेरैले गर्छन् । सबैभन्दा बढी त त्यही व्यक्ति हुन्छन्, जो भिडमा पनि एक्लो महसुष गर्छन् । उनका आसपासमा मान्छेहरु हुन्छन्, तर सबै पराई । जब संसार नै पराई लाग्छ, तब उनले आफुलाई यी सबैबाट अलग गर्न खोज्छ । अर्थात आत्महत्या गर्छन् । जबकी यो उनको भ्रम मात्र हो ।

फेमिनाबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment