+

चाइनिज सुपर लिग जुलाई २५ देखि सुरु हुने

२०७७ असार  १७ गते १७:४० २०७७ असार १७ गते १७:४०
चाइनिज सुपर लिग जुलाई २५ देखि सुरु हुने

१७ असार, काठमाडौं । चाइनिज सुपर लिग आगामी जुलाई २५ देखि सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको लिग जुलाई २५ देखि सुरु हुने चाइनिज फुटबल संघले बुधबार जनाएको छ ।

१६ टिमले प्रतिस्पर्धा गर्ने लिग गत फेब्रुअरीमा सुरु हुने तय थियो । तर अब १६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग आयोजना गरिने भएको छ । एक समूहको खेल उत्तरी सहर डालियनमा हुनेछ भनेर अर्को समूहको लिग संघाई नजिक सुजोउमा हुने संघले जनाएको छ ।

चाइनिज फुटबल संघले लिग सञ्चालन गर्दा कोरोना महामारीबाट बच्नका लागि आवश्यकता अनुसारको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालन गर्ने जनाएको छ ।

फेब्रुअरी २२ मा सुरु हुने भनिएको चाइनिज सुपर लिग कोरोना महामारीका कारण स्थगित बन्न पुगेको थियो भने नयाँ सिजन समेत अनिश्चित कालको लागि स्थगित गरिएको थियो ।

फिफा विश्वकप विजेता इटालियन पूर्व कप्तान फाबियो कानभारो प्रशिक्षक रहेको ग्वान्जाउ एभरउरेड लिगको डिफेन्डिङ च्याम्पियन हो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय