+
+

नकारात्मक मानसिकताले राम्रो काम पनि ओझेलमा पर्‍यो : मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १८:२६

१७ असार, विराटनगर, । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले गरेका राम्रा काम छाडेर साना मसिना कुरामा आलोचना गर्ने गरिएको गुनासो गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा उनले नकारात्मक सोच्ने मानसिकता बढ्दै गएको भन्दै दुखेसो गरे ।

‘हामीले यो छोटो समयमा थालेका राम्रा कामलाई राम्रा हुन्, राम्रा छन् भनेर एक स्वरले यो सभा किन जान सक्दैन ? कार्यान्यनमा किन जुट्न सक्दैन’ उनले भने ‘साना मसिना कुरालाई उठान गरेर उछालेर सबै कुरालाई किन ढाकछोप गर्न खोज्छौं ।’

उनले सबै कुरामा विरोध गर्नुपर्छ भन्ने सोचले सरकारका राम्रो कामले पनि प्रशंसा नपाएको बताए । ‘आफैंलाई बिरामी पार्ने गरी नकारात्मक मात्र नसोचौं’ उनले भने ‘सबै विषयमा नकारात्मक सोचेर हाम्रो संघीयता कसरी बलियो हुन्छ ?’

कोभिड– १९ रोकथामका लागि प्रदेश सरकारले राम्रो काम गरेको बताए । कोरोना नियन्त्रणमा सरकारबाट भएका खर्च पारदर्शी रहेको बताउँदै उनले संघियता बलियो बनाउन सबैले योगदान गर्नुपर्ने बताए ।

उनले सांसदलाई मर्यादित भएर बोल्न पनि सुुझाव दिए । ‘माननीय सदस्यहरुले के बोल्ने के नबोल्ने, प्रदेश सभाको तय गरेको विजनेसमा पनि ख्याल गर्नुपर्छ’ मुख्यमन्त्री राईले भने, ‘यसको गरिमा र मर्यादालाई ख्यालमा राखेर बोल्नुपर्छ ।’

उनले सबै दलको सहमतिमा प्रदेशको नामाङ्कन छिट्टै टुङ्ग्याउने बताए । नाम टुंगो लगाउने विषय प्रदेश सभाको भएकाले सरकारले सहजीकरणमा मात्र गर्ने मुख्यमन्त्री राईको भनाइ छ ।

प्रदेश १ को प्रदेश सभाले विनियोजन विधयेक बहुमतले पारित गरेको छ । प्रतिपक्षी दलको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?