Comments Add Comment

बिमा समितिको सर्कुलर : अब २ वर्ष पछिमात्रै बिमितले ऋण पाउने

१७ असार, काठमाडौं । बिमा कम्पनीहरुको निमयनकारी निकाय बिमा समितिले बिमालेख धितोमा ऋण लिन पाउने व्यवस्थामा कडाइ गरेको छ । अर्बौको बीमा कागजमै सिमित गराउने गरी ऋणको कागजमा हस्ताक्षर गराएर अभिकर्ताले बदमासी गर्ने गरेको जानकारी पाएपछि समितिले बिमालेख धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको हो ।

अब बिमालेख प्रारम्भ भएको मितिले २ वर्षपछिमात्रै बिमितले ऋण लिन पाउनेछन् । यस अघि २ किस्ता तिरेमात्रै पनि ऋण लिन पाउने व्यवस्था थियो । एक वर्ष अघिको मितिमा (ब्याकडेट) मा बिमा गर्न पाउने कानूनी व्यवस्था छ । यसैलाई टेक्दै एकै पटकमा दुई किस्ता तिर्ने र त्यस लगत्तै बिमितले ऋण लिएको कागज बनाई अभिकर्ताले बिमा गराउने गरेका थिए ।
यो पनि पढ्नुहोस बिमा अभिकर्ताको बदमासी: कागजमै सीमित हुन्छ अर्बौंको कारोबार
बिमा अभिकर्ताको बदमासीबारे अनलाइनखबरमा समाचार प्रकाशन समेत भएको थियो । यसबारे समितिसम्म जानकारी आएको भन्दै मंगलबार बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले नियमन गरिने बताएका थिए । लगत्तै बुधबार समितिले सबै बिमा कम्पनीहरुलाई सर्कुलर जारी गरेको हो ।

अब ‘ब्याकडेट’मा बिमा गर्न पाइने तर कर्जा लिनका लागि भने २ वर्ष हुनु पर्ने समितिले जनाएको छ । अब सरेन्डर गर्न पनि २ वर्ष पर्खनु पर्ने भएको छ । बिमितले अब बिमा गर्न सक्दिन भन्दै सरेन्डर गरे केहि प्रतिशत कटाएर रकम फिर्ता बिमा कम्पनीले दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment