+
+
Shares

मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते ११:२२
मन्त्रिपरिषद बैठक । फाइल तस्वीर

१८ असार, काठमाडौं । मन्त्रिपरिषद‍्को बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्नेछ ।

मन्त्रिपरिषद‍्को यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरूसँग परामर्श गरेका थिए ।

उनले आफूविरुद्ध चौतर्फी घेराबन्दी गरिएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?