Comments Add Comment

आत्महत्याअघि गुगलमा सुशान्तले आफूलाई नै किन खोजे ?

बलिउड नायक सुशान्त सिंह राजपुतले जुनको १४ तारिखमा आत्महत्या गरे । आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका सुशान्तले आत्महत्या गरेको पुष्टि भइसकेको छ । तर पनि मुम्बई प्रहरीले उनले आत्महत्या गर्नुको कारण खोजिरहेको छ। मुम्बई प्रहरीले उनका नजिकका आफन्त, साथीभाइ, प्रेमिकादेखि केही बलिउडकर्मीको समेत बयान लिएको छ ।

यसैक्रममा, सुशान्तले आत्महत्या गर्नु अगाडि गरेको केही क्रियाकलापलाई प्रहरीले गम्भीर रुपमा अनुसन्धान गरिरहेको छ।

भारतीय मिडियाका अनुसार सुशान्तले आत्महत्या गर्नु अगाडि गुगलमा आफूलाई नै सर्च गरिरहेका थिए । रिपोर्टका अनुसार, आत्महत्या गर्नु अगाडि बिहान सवा १० मा सुशान्तले गुगलमा आफ्नो बारेमा आएका समाचार पढेका थिए ।

रिपोर्टका अनुसार, सुशान्त आफ्नो टिमसँग म्यागेजिन, पत्रिका, अनलाइन न्युजमा आउने आफ्नो खबरबारे चासो राख्थे । केही मानिसहरू आफ्नो इमेज खराब गर्नका लागि लागिरहेको सुशान्तले महसुस गरेका थिए । यो कुराले उनी निकै नै तनावमा रहने गरेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment