+
+

गुल्मीमा पहिरोमा पुरिएकी बालिकाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १३:२८
गुल्मीको पहिरो । फाइल फोटो

१९ असार, काठमाडौं । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई जना पुगेको छ भने पाँच जना घाइते भएका छन् ।

अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

पहिरोमा परी ईश्वरी खत्रीसहित उनकै परिवारका ६४ वर्षीय टिका खत्री र आयुष खत्री पनि घाइते भएको गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए ।

पहिरोले सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त सारुको घर बगाउँदा उनको १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको थियो । पहिरोमा परी बसन्तसहित २१ वर्षीया सिर्जना सारु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?