 
																			१९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ ।
अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए ।
उनका अनुसार पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेण्टिनमा बस्नेहरुको सङ्ख्या घट्दै जाँदा प्रयोगशालामा नमुना परीक्षणको चाप पनि घटेको छ । त्यसैले परीक्षणको दायरा बढाई समुदायमा संक्रमण भएको वा नभएको थाहा पाउन यो निर्णय गरिएको हो।
‘यसरी जोखिम समूह र जोखिममा रहेको कम्युनिटीमा परीक्षण गर्दा हाम्रो संक्रमणको वास्तविक अवस्था थाहा पाउँछौं’ प्रवक्ता गौतमले भने, ‘ हामी सबै मानिसको परीक्षण त गर्न सक्दैनौं तर जोखिम समूह र समुदायको जाँच गर्दा धेरै हदसम्म संक्रमण पत्ता लाग्छ ।’
शुक्रबारदेखि नै यो काम सुरु गरेको समेत उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4