+

श्रीलंकाका क्रिकेट खेलाडी कुशल मेन्डिस पक्राउ

२०७७ असार  २१ गते १३:०० २०७७ असार २१ गते १३:००
श्रीलंकाका क्रिकेट खेलाडी कुशल मेन्डिस पक्राउ

२१ असार, काठमाडौं । श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । मेन्डिसले चलाएको कारको ठक्करबाट साइकलमा सवार ६४ वर्षीय वृद्धको मृत्यु भएपछि श्रीलंकन प्रहरीले उनलाई प्रकाउ गरेको हो ।

प्रहरीका अनुसार घटना कोलोम्बोबाट दक्षिणतर्फ पानादुरामा भएको हो । दुर्घटनामा मृत्यु हुने नागरिक त्यहाँकै स्थानीय बासिन्दा हुन् । पक्राउपछि मेन्डिसको मेडिकल जाँच गरेर उनलाई अदालतमा उपस्थिति गराउने तयारी भइरहेको श्रीलंकन मिडियाले जनाएको छ ।

२५ वर्षे मेन्डिस श्रीलंकाका विकेट किपर ब्याट्सम्यान हुन् । उनले श्रीलंकाका लागि ४४ टेस्ट, ७६ ओडीआई र २६ टी२० क्रिकेट खेलेका छन् । मेन्डिस कोभिड१९ पछि श्रीलंकाको सुरु गरेको ट्रेनिङ क्याम्पमा थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय