+
+
Shares

कुलमान घिसिङलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते ११:५१

२२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका बुबा कृपासिंह घिसिङको गएराति देहवसान भएको हो ।

९८ वर्षका घिसिङ राति शौचालयमा जाँदा बेहोस भएका थिए । मेडिकेयर अस्पतालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना छोरी छन् । घिसिङको तामाङ संस्कारअनुसार काठमाडौंको स्वयम्मुमा अन्तिम संस्कार गरिने छ ।

घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान गाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?