News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमण्डल लिट्रेचर कल्चर ट्रस्टले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरेको छ।
- कार्यक्रममा पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य र भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले कविता वाचन गरेका छन्।
- कार्यक्रममा अञ्जना ताम्राकार, रजनी मिलालगायत आधा दर्जन कविले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए।
११ पुस, काठमाडौँ । नेपालमण्डल लिट्रेचर कल्चर ट्रस्टले आयोजना गरेको कविता वाचन कार्यक्रममा पूर्वमन्त्रीदेखि चिकित्सकसम्मले कविता वाचन गरेका छन् ।
पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. स्मृति शाक्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, चर्चित कवि रजनी मिलालगायत करीब आधा दर्जन कविले कविता वाचन गरेका हुन् ।
ट्रष्टले आफ्नो पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर कविता वाचन कार्यक्रमको आयोजना गरेको हो ।
२०७७ सालमा स्थापना भएको उक्त ट्रष्टले नेपालमण्डलको सभ्यता, कला र वाङ्मयको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउँदै आएको छ।
कार्यक्रममा पूर्वमन्त्री शाक्यले‘अस्तित्वको खोजी’ र ‘प्रेमको दस्तावेज’ शीर्षकका दुई कविता वाचन गरिन् ।
भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले ‘देश आज एउटा पासपोर्ट खोजिरहेको छ’ शीर्षकको कविता वाचन गरे । त्यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यले ‘अनित्यताको वोध’ शीर्षकको कविता वाचन गरिन् ।
कार्यक्रममा अञ्जना ताम्राकारले ‘सहिदकी आमाको पुकार’ र रजनी मिलाले ‘एउटा रोमाञ्चक पत्र’ सँगै ‘अस्मिता’ शीर्षकको कविता वाचन गरे ।
त्यसैगरी वागमती भाईले ‘हुन्छ’ शीर्षकको कविता वाचन गरे भने दीपेन्द्र श्रेष्ठले ‘बाल्यकाल र म’ शीर्षकको कविता वाचन गरेका थिए ।
ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले ‘सकारात्मक सन्देश’ र सञ्जित महर्जनले ‘प्रिय’ कविता सुनाए ।
प्रतिक्रिया 4