News Summary
Generated by OK AI. Editorially reviewed.- १६ पुसदेखि साधना घरमा जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक ‘भट्टी टेल्स’ मञ्चन हुनेछ।
- नाटकमा १३ पात्र छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ र दुई पात्र केन्द्रमा छन्।
- नाटक कमेडी ड्रामा विधाको हो र माघ ३ सम्म मञ्चन हुनेछ।
काठमाडौं । १६ पुसदेखि साधना घरमा नाटक ‘भट्टी टेल्स’ नाटक मञ्चन हुने भएको छ । जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक तयार भएको हो ।
नाटकमा १३ जना पात्रहरु छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। उनी भन्छन्, ‘कथामा १३ जना पात्र छन्, दुई पात्र केन्द्रमा छन् । बाँकी चरित्रहरू उनीहरुको जीवनमा ठोक्किन आइपुग्छन् ।’
‘भट्टीमा आउने मानिसलाई अक्सर जड्याँहाका रुपमा मात्रै हेरिन्छ । तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्’ ढकाल भन्छन्, ‘यस्ता पात्र अक्सर बेवास्ता गरिएका हुन्छन्, भट्टी टेल्स तिनै
बेवास्ता गरिएका पात्रहरुको कथा चित्रण गर्ने नाटक हो ।’
नाटकमा सुदाम सिके, बेदना राई, रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी, थार्चेन लामाको मुख्य भूमिका हुनेछ ।
अस्कर कलेजका १४ औँ ब्याचका विद्यार्थी ढकालले यसअघि ढाकर नाटक निर्देशन गरिसकेका छन् भने प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन् ।
अस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्र्याङ्क्लिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो । नाटक तयार पार्न कथा घेराको पनि महत्वपूर्ण योगदान रहेको निर्देशक ढकालले बताए ।
कमेडी ड्रामा विधाको ‘भट्टी टेल्स’ माघ ३ सम्म मञ्चन हुनेछ ।
प्रतिक्रिया 4