+
+
Shares

ब्राजिलमा कोरोना संक्रमित १६ लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १४:०३

२२ असार, काठमाडौ । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या १६ लाख नाघेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख तीन हजार ५५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा २६ हजार ५१ नयाँ संक्रमित फेला परेका हुन् ।

त्यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ६४ हजार ८६७ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसबाट ६०२ जनाको मृत्यु भएको हो । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन सोमबारदेखि खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १६ लाख नाघेको हो ।

रियो दि जेनेरियोमा पनि बार र रेष्टुरेन्ट खुलिसकेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?