+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (19.5)
VS
१ बलमा १४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

काठमाडौंको तीनकुने र नख्खुको २२८ नमुनाको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १७:२३

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस संक्रमण फैलिएको वा नफैलिएको भन्ने पत्ता लगाउन सरकारले सुरु गरेको परीक्षणका क्रममा तीनकुने र नख्खु क्षेत्रको नमुनामा संक्रमण नभएको पाइएको छ ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनकुने र नख्खु क्षेत्रको २२८ वटा नमुना लिएर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

समुदायमा कोरोना संक्रमण भएको वा नभएको पत्ता लगाउन काठमाडौं उपत्यकाको १० ठाउँबाट सर्वसाधारणको नमुना लिइएको छ । अन्य ठाउँको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालै गरिएको एक अध्ययनमा काठमाडौंको ढलमा कोरोना भाइरस फैलाउने जीवाणु भेटिएको थियो । जनस्वास्थ्यका विज्ञहरुले विदेशबाट आएका व्यक्तिहरुको निगरानी राम्रोसँग नभएको, काठमाडौं उपत्यका बाहिरबाट पनि मानिसहरु आइरहेका हुनाले समुदायमा फैलिएको हुन सक्ने आशांक गरेका थिए ।

तर मन्त्रालयले समुदायमा कोरोना फैलिएको वा नफैलिएकोबारे अनुसन्धान भइरहेको र ढलमा जीवाणु भेटिँदैमा समुदायमा कोरोना संक्रमण भन्न नमिल्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?