Comments Add Comment

मन्त्रिपरिषद बैठक बस्दै, प्रहरी महानिरीक्षक नियुक्त गर्ने

२३ असार, काठमाडौं । मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने छ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

यो पनि पढ्नुहोस आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी यो पनि पढ्नुहोस नयाँ आइजीपीको दौडधूप सुरु, सकिँदैछ ठाकुर ज्ञवालीको कार्यकाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment