+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १२:१०

२३ असार, काठमाडौं ।  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४६७ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका २२ हजार २५२ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढी संक्रमित फेला पर्दा ८०९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ७७९ जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा १२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ९७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?