+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते ८:१३

२३ असार, काठमाडौं । सरुवा भएर पनि रमाना नलिइ लामाे समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ ।

प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका जिल्लामा पठाइएको छ । अझै ८ सय ७ जना सरुवा भएर पनि रमाना नलिइ बसेको उनले बताए ।

पोखरेलले भने, ‘बाँकी रहेकालाई पनि सरुवा भएकै ठाउँमा पठाउँदैछौं ।’

प्रहरीले उपलब्ध गराएको सूची अनुसार अहिलेसम्ममा इलामबाट ४६, उदयपुरबाट ४५, आखलढुंगाबाट ३२, खाटाङबाट ४९, झापाबाट ११२, ताप्लेजुङबाट ४३, तेह्रथुमबाट ३७, दंगा नियन्त्रण गणबाट २३, धनकुटाबाट ३२ जना सरुवा भएको क्षेत्रमा पठाइएका छन् ।

पाँचरबाट ६१, भोजपुरबाट ३८, मोरङबाट १ सय २३, विपद व्यवस्थापना शाखाबाट २, संखुवासभाबाट १९, सुनसरीबाट ११६ र सोलुखुम्बुबाट २१ जना गरी ७९९ जना सरुवा भएको क्षेत्रमा पठाइएको छ ।

प्रदेश नं. १ प्रहरी प्रमुख ईश्वरबाबु कार्की प्रहरीको सेवा प्रवाह सुधारका लागि यो कार्य गरिएको बताउँछन् । ‘लामो समय एकैठाउँमा हुँदा निकटता र अन्य कुराले पनि काम गर्न सहज हुँदैन’, कार्कीले भने, ‘नयाँ ठाउँमा नयाँ तरिकाले काम गर्ने अवसर पनि हुने भएकाले सरुवालाई कार्यान्वय गराएका हौं ।’

सेवा प्रवाह सुध्रिने अपेक्षा छ : एसपी पोखरेल

प्रहरी कर्मचारी विभिन्न ठाउँमा सरुवा भएर जाने नियमित प्रक्रिया हो । तर, केही पकड भएका व्यक्ति राम्रो ठाउँमा बसिरहन खोज्ने प्रवृत्ति देखिएको छ ।

लामो समय एकैठाउँमा बसिरहँदा एक किसिमको ‘मनोटोनस’ पनि हुन्छ । फेरि संगठनले सरुवा गर्ने भनेको कुनै पनि प्रहरी अधिकृतले जस्तो सुकै अवस्थामा पनि काम गर्न सक्ने क्षमता निर्माण गरोस् भनेर हो ।

नेपालमा भौगालिक विविधता छ । र, जस्तो ठाउँमा बसेर पनि काम गर्न हरेक कर्मचारी सक्षम हुनुपर्छ भन्ने सरुवा गर्नुको ध्येय हो । कतै कामको चाप धेरै हुन्छ । कतै थोरै हुन्छन् । त्यसैले सबै ठाउँबाट सेवा प्रवाह गर्न सक्षम हुने गरी तयार हुनुपर्छ ।

नयाँ ठाउँमा जाँदा रिफ्रेस्ड भएर नयाँ तरिकाले काम गर्न सक्ने वातावरण पनि बन्छ । त्यसैका लागि नियमित सरुवा हुन्छ । त्यसैले सबै प्रहरी कर्मचारी सरुवा भएको ठाउँमा जानैपर्छ भन्ने सन्देश दिने गरी यो काम गरिएको हो । यसले प्रहरीको सेवा प्रवाहलाई पनि सुधार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?