Comments Add Comment

डोल्पा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२४ असार, काठमाडौं । डोल्पा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । मनघरी फाउण्डेसनको अगुवाइ तथा पूर्वपर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीकोे सहयोगमा प्राप्त भएका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताललाई २२ थान पीपीई, १२ थान फेसल सीट र ५ थान के–९५ मास्क हस्तान्तरण गरिएको हो ।

यस्तै नेपाल पत्रकार महासंघ डोल्पा शाखालाई पनि १४ थान प्रेस ज्याकेट, १५ थान सेनिटाइजर र १५ थान के–९५ मास्क प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा र समाजसेवी लक्ष्मीकान्त उपाध्यायलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्रीहरु पूर्वराज्यमन्त्री धनबहादुर बुढा, मनघरी फाउण्डेसनका सल्लाहकार तथा वीर अस्पतालका उपनिर्देशक डा. रविन खड्का, पर्यटन व्यवसायी जीतेन्द्र झाँक्री, राष्ट्रिय आविष्कार केन्द्र र प्रारम्भ सामाजिक संस्थाका प्रतिनिधिले हस्तान्तरण गरे ।

मनघरी फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाका अनुसार फाउण्डेसनले यसअघि पनि डोल्पा जिल्लाका सबै स्थानीय तहलाई पीपीई तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

कर्णाली प्रदेशका अन्य जिल्लाहरु दैलेख, हुम्ला र मुगुमा पनि फाउण्डेसनले स्वास्थ्य सामग्री पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment