Comments Add Comment

खेल संघहरुले पनि एन्टी डोपिङ नियम बनाउनुपर्ने

२४ असार काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफूसंग आबद्ध रहेका विभिन्न खेल संघले आफैं एन्टी डोपिङ नियम बनाउनुपर्ने जनाएको छ ।

बुधबार विभिन्न खेल सं‌घहरुसँग गरिएको छलफलमा एनओसीका अधिकारीले वर्ल्ड एन्टी-डोपिङ संहिताको दफा १८ अनुसार सबै राष्ट्रिय संघहरुले सन् २०२१ सम्म आफ्नै एन्टी डोपिङ नियम बनाउनुपर्ने बताएका हुन् ।

एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण श्रेष्ठले २७ खेल संघका अध्यक्ष र महासिचवलाई २०२० अगष्ट १५ सम्ममा आ-आफ्नो एन्टी डोपिङ नियमहरु बुझाउन भनेका छन् ।

२०२१ देखि, नयाँ एन्टी डोपिङ नियमबिना राष्ट्रिय खेल संघले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नपाउने पनि एनओसीले जनाएको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यसलाई सकारात्मक र गम्भीरताका साथ लिनुपर्ने बताए । खेलाडीले निषेधित पदार्थ खाइरहेको भए सतर्क हुनुपर्ने पनि उनले बताए ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नयाँ एन्टी डोपिङ नियम बनाउन कुनै सहयोग आवश्यक भएमा नेपाल ओलम्पिक कमिटी, मेडिकल कमिसन र एनओसी कर्मचारीहरूले सहयोग गर्न समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment