
२४ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।
बुधबार साँझ प्रधानमन्त्री केपी ओलीको समर्थनमा मोटरसाइकल र्याली निकालिएको थियो । वीरगञ्जको घण्टाघर अगाडि रहेको विपी उद्यानबाट शुरु भएको प्रदर्शन घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु चोक, आदर्शनगर, घडिअर्वा, माइस्थान हुँदै घण्टाघर चोकमा आएर सभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी युवाले राष्ट्रिय झण्डा बोक्नुको साथै नेपालको नक्सा र केपी ओलीको तस्वीरसहित ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्रमाथि’ लेखिएको व्यानर बोकेका थिए ।
ब्यानरमा पार्टी एकता र स्थायी सरकारको पक्षमा एक्यबद्धता जनाऔं भनेर समेत लेखिएको थियो । त्यसपछाडि मोटरसाइकल र्याली थियो ।
प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’ आज र भोलि केपी ओली, ‘पार्टी एकता जिन्दावाद’ विदेशी हस्तक्षेप चाहिदैनलगायत नारा लगाएका थिए ।
स्वतन्त्र युवा समाजको नाममा भएको आह्वानमा नेकपा समर्थित युवाहरु नै सहभागी थिए । भने माइस्थान चोकमा नेकपाका पर्सा जिल्ला अध्यक्ष प्रभु हजारा, संविधान सभा सदस्य राजकुमार गुप्ता लगायतका नेताहरुले प्रदर्शनको अवलोकन गरेका थिए ।
प्रतिक्रिया 4