
२५ असार, गुल्मी । गुल्मीमा २६५ जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आइसोलेसनबाट २२१ जना पुरुष र ४४ जना महिला रहेका डिस्चार्ज भएका हुन् ।
पछिल्लो तथ्याङ्कअनुसार डिढस्चार्ज हुनेहरुमा रेसुङ्गा नगरपालिकाबाट ४९ जना, रुरुक्षेत्र गाउँपालिकाबाट ३०, इस्मा गाउँपालिकाबाट ५७, मालिका गाउँपालिकाबाट १३ जना, चन्ऽकोट गाउँपालिकाबाट २१, मदाने गाउँपालिकाबाट पाँचजना, धुर्कोट गाउँपालिकाबाट ३५ जना रहेका छन् ।
त्यस्तै छत्रकोट गाउँपालिकाबाट १७ जना, मुसिकोट नगरपालिकाबाट १५ जना, सत्यवती गाउँपालिकाबाट ११ जना, गुल्मीदरबार गाउँपालिकाबाट ११ जना, कालीगण्डकी गाउँपालिकाबाट एकजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको छ ।
डिस्चार्ज भएकालाई संक्रमितहरु कोरोना मुक्त भएर घर फर्किने बेला विभिन्न स्थानीय तहले सम्मान गरेर पठाउने गरेका छन् ।
जिल्लामा कोरोना हालसम्म संक्रमितको संख्या ३४४ जना पुगेकोमा २६५ जना डिस्चार्ज र तीनजनाको मृत्यु भएपछि अब आइसोलेसनमा ७९ जना मात्रै रहेका छन् ।
जिल्लाबाट १७६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा अब ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको छ प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया 4