+
+

भारतमा एकैदिन थपिए साढे २८ हजार कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १४:०६

२८ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का २८ हजार ६३७ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यससँगै भारतमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८ लाख ४९ हजार ५५३ पुगेका हुन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २२ हजार ६७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ५५१ जनाको मृत्यु भएको हो । अहिलेसम्म भारतमा कोरोना भाइरसका पाँच लाख ३४ हजार ६२१ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

भारतमा महाराष्ट्र, तामिलनाडु र दिल्ली केरोना भाइरसका संक्रमित संख्याको आधारमा सबैभन्दा प्रभावित बनेका राज्यहरु हुन् । अमेरिका र ब्राजिलपछि भारत सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएको मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?