Comments Add Comment

छाता : उपयोगिता, फेसन र रोचक कुरा

यतिबेलाको मौसममा घरबाट बाहिर निस्कदै हुनुहुन्छ भने छाता छुटाउनै हुन्न । जुनसुकै बेला पनि छाता उपयोगमा आउनसक्छ । जस्तो हिँड्दा हिँड्दै अचानक झरी प¥यो, छाता खोलेर आफुलाई ओभानो राख्न सक्नुहुन्छ । चर्को घाम लाग्यो, छाता ओडेर सितलता अनुभव गर्नुहुन्छ । बहुउपयोगी बस्तु हो, छाता ।

झरी परेको बेला ओत लाग्न प्रयोग हुने छाताले घामको सोझो किरणबाट छालामा पर्न सक्ने असरलाई समेत रोक्छ । अर्थात छालाको सुरक्षाका लागि पनि छाता उपयोगी हुनसक्छ ।

खासगरी वर्षायाममा दिनहुँ प्रयोग हुने छाता हामीलाई सामान्य लाग्छ । तर, यसको इतिहास निकै रोचक छ । छाताको प्रचलन कसरी सुरु भए ? अहिलेको युगसम्म आइपुग्दा यसले कसरी फेसनको रुप लियो ? छाताको ढाँचा एवं स्वरुप कसरी परिवर्तन हुँदै आयो ? प्रसंग रमाइला छन् ।

छाता किन ओड्ने ? यसमा तात्तातो जबाफ पाइन्छ, आकासे पानीबाट ज्यानलाई जोगाउन । तर, जतिबेला छाताको अवधारणा जन्मियो, त्यसबेला छाता पानी छल्नका लागि थिएन ।

प्राचिन कालदेखि नै छाताको प्रचलन सुरु भएको हो । मिश्रको सभ्यतामा शासक परिवारले छाता प्रयोग गर्थे । यो ल्याटिन शव्द अंब्राबाट लिइएको हो । जसको अर्थ हुन्छ, छाँया । यसैवाट पछि अंब्रेला शव्द जन्मिएको हो ।

प्रारम्भमा छाता गर्मीवाट वच्नका लागि आविश्कार गरिएको पाइन्छ । प्रचन्ड गर्मीवाट जोगिनका लागि छाताको प्रचलन सुरु भएको थियो । पछि यो वर्षाको विरुद्ध पनि काममा आउन थाले । प्राचिन कालमा देवी देवाता र राजा माहाराजाले छाता धारण गर्ने गरेको सुन्न पाइन्छ । त्यस समयको छाता कलात्मक र महंगो हुनका साथै वढी तौलको हुन्थ्यो । यसलाई एकै हातले सहज रुपमा उचाल्न सकिन्नथ्यो । क्रमिक विकाससँगै यो छरितो र उपयोगी भएको हो ।

आधुनिक समाजमा प्रयोग हुने छाताको इतिहास चीनवाट सुरु हुन्छ । अहिले बजारमा पनि उसैको वर्चश्व छ । उसले युवाको रुची अनि माग वमोजिम रंग र डिजाइनमा विविधता पस्केको छ ।

छाताको लागि कुनै निश्चित डिजाइनमा चित्त वुझाउनु पर्ने वाध्यता छैन अहिले । अनेकौ ढा“चा एवं वान्कीका छाताले बजार भरिभराउ छ । रंग, आकार र वनौटको आधारमा थरीथरीका छाता फेला पार्न सकिन्छ । ओयल पेपर, कटन, सिल्क, प्लाष्टिक, नायलनवाट वन्ने छातको रुपरंगमा विविधता छ ।

प्रविधि र कच्चा पदार्थको हिसाबले छाता उत्पादन गर्नु असंभव छैन, नेपालका लागि । तर, हामीले आफ्नो ज्यानलाई घामपानीबाट जोगाउने छाता विदेशबाट ल्याउनुपर्छ । छाताकै लागि हामी बर्षेनी करोडौं रुपैया“ विदेश पठाउ“छौं ।

नेपालमा चीनसहित भारत, हङकङ, जर्मनी, इन्डोनेशिया, थाइल्यान्ड, जर्मनी जस्ता मुलुकबाट छाता ल्याइन्छ ।

रोचक तथ्य

-चार सय बर्षअघि पश्चिमी देशमा छाताको प्रचलन सुरु हुँदा यो युवतीका प्रयोजनका लागि मात्र ठानिन्थ्यो । उनीहरुको पहिचान समेत छाताको माध्यामबाट हुने गथ्र्यो ।

–  १६ औं सताब्दीमा फारसी लेखक जोनास हेनवेले यसलाई युवाहरुको लागि समेत प्रयोगमा ल्याउने कामको थालनी गरे ।

-१० फेब्रुअरीमा विश्व छाता दिवस मनाइन्छ ।

–  सय बर्षसम्म छाताको उपयोग केवल घामबाट बच्नका लागि मात्र हुन्थ्यो । तर, पछि चिनियाँ खोजकर्ताले यसलाई केवल घामबाट जोगिन मात्र होइन बर्षाबाट जोगिने साधनको रुपमा विकास गरे ।

-१७ औं सताब्दीमा हातमा छाता र टाउकोमा ह्याट लगाउने यस्तो चलन थियो कि, त्यसैबाट मासिनको सज्जनताको पहिचान हुन्थ्यो ।

–  विश्वका मानिसको आवश्यक्ता पुरा गर्नका लागि पहिलो पटक इंल्यान्डको लन्डन शहरस्थित अक्सफोर्ड गल्लीमा छाताको पसल खुलेको थियो । जेम्स स्मिथ एन्ड सन्सको नाममा खुलेको त्यही पसलबाट छाताको बजार विस्तार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment