Comments Add Comment

रातु नदीकाे बाढी पसेपछि जलेश्वर जलमग्न, तीन वटा सडकखण्ड अवरुद्ध

२८ असार, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वर जलमग्न बनेको छ । रातु नदीको बाढी पसेपछि जलेश्वर जलमग्न बनेको हो ।

जलेश्वर बजारको चारैतिर पानी पसेको छ । नगरपालिका कार्यालयसहित अधिकांश सरकारी कार्यालय समेत जलमग्न बनेको छ । बाढीको पानीले साना पसलमा क्षति पुर्‍याएको छ । नगरमा आएको बाढीको पानीको निकास नहुँदा जोखिमको सम्भावना बढेको छ ।

तीन वटा सडकखण्ड अवरुद्व

अविरल वर्षाका कारण महोत्तरीको मुख्य तीनवटा सडकखण्ड अवरुद्व भएको छ । यी तीन वटै सडक रातु खोलाको बाढीले कटान भई अवरुद्व भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए ।

जलेश्वर बर्दिबास सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका १ माछा बजारमा १५ फिट बाटो कटान गर्दा सडक अवरुद्व भएको छ ।

बलबा नगरपालिका १ बन्चौरीस्थित जनकपुर–बलवा हुलाकी सडक खण्डको १२ फिट बाटो कटान हुँदा बाटो अवरुद्व भएको बिष्टले बताए ।

महोत्तरी गाउँपालिका ३ मडैमा बाढीले बाटो कटान गर्दा जलेश्वर–बर्दिबास भित्री सडकखण्ड पनि अवरुद्व भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment