Comments Add Comment

नापोली र मिलानले बाँडे अंक

२९ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा नापोली र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । नापोलीको मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलमा दुबै टोलीले एक पटक अग्रता लिने अवसर पाएको थियो । २०औं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै एसी मिलानलाई पहिले अग्रता दिलाएका थिए । ३४औं मिनेटमा जियोभाद्दी डे लोरेन्जोले नापोलीको लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो । ६०औं मिनेटमा ड्राई मर्टेन्सले गोल गरेपछि नापोलील खेलमा पहिलो पटक अग्रता बनायो । तर त्यो अग्रता पनि लामो समय टिकेन । ७३औं मिनटमा फ्रांक केसीले गोल गरेपछि मिलानले खेल २-२ को बराबरीमा पुर्‍यायो ।

८८औं मिनेटमा एलेक्सिस साइलेमेकरले रातो दोहोरो (पहेँलो) कार्ड पाएपछि खेलको अन्त्यतिर मिलानले १० खेलाडीमा रहेर खेलेको थियो ।

बराबरीपछि नापोली र मिलान अंक तालिकामा यथावत नै रहेका छन् ।३२ खेलबाट ५२ अंकसहित नापोली छैटौं स्थानमा छ भने ५० अंक जोडेको मिलान सातौं स्थानमा छ ।

सिरी ए कै अन्य खेलमा भेरोना र फियोरेन्टिनाले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै पार्मा र बोलोग्नाले २-२ को बराबरी खेलेका छन् । साम्पडोरियाले उडिनेसीलाई ३-१ ले पराजित गरेको छ ।

रेलिगेसन जोनमा रहेको जेनोअले पूछारमा रहेको एसपीएललाई २-० ले पराजित गर्दै अन्तिम तीन स्थानबाट माथि उक्लेको छ । हारपछि ३२ खेलबाट १९ अंक मात्र हेको एसपीएललाई रेलिगेसनको दबाब झन् बढेको छ । समान खेलबाट ३० अंक जोड्दै जेनोअ १७औं स्थानमा उक्लेको छ । काग्लियारीसंग गोलरहित बराबरी खेलेको लेसे २९ अंकसहित १८औं स्थानमा छ । २१ अंक रहेको ब्रेस्किय १९औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment