Comments Add Comment

गुल्मीमा पहिरोले २४८ परिवार बिस्थापित

२९ असार, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार बिस्थापित भएका छन् । जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

अबिरल वर्षासँगै गएको पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भयो भने ५ जना घाइते भए । पहिरोले गाउँपालिकाको–१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले जानकारी दिए ।

पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपदको सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्ण भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रभावित क्षेत्रमा राहत वितरणको लागि सरोकारवाला सबै संघसंस्था कार्यालयहरुले पालिकासँग समन्वय गरी एकद्वार प्रणालीबाट मात्र सहयोग गरिने भएको छ ।

अबरुद्ध संरचना निर्माण गरिने

पहिरोबाट इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएको पहिरोले मुल सडक नै अवरुद्ध हुँदा खोज तथा उद्धार कार्यमा प्रत्यक्ष असर परेको छ । विस्थापित घरपरिवारहरुलाई खानेपानी, विद्युत् आपूर्ति, सिचाईँ, टेलिफोन तथा राहत वितरण लगायत अन्य व्यवस्थापन कार्यमा समस्या परेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका अन्य इलाकाहरुमा पनि पहिरोबाट सडक अवरुद्ध भएकाले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, कालिगण्डकी कोरिडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा, शहरी विकास तथा भवन कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय शिवपुर, संघीय आयोजना कार्यान्वयन इकाइ, रुपन्देहीले आफ्नो क्षेत्राधिकार भित्रका सडकहरु तत्काल सुचारु गर्ने गराउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment