+
+

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि भासियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १०:४१
नारायणगढ–मुग्लिन सडक । फाइल तस्वीर

२९ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो ।

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?