+
+

सरकारद्वारा विभिन्न विद्याका स्रष्टाहरू सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १६:४३
Photo Credit : RSS
पुरस्कार ग्रहण गर्दै वरिष्ठ पत्रकार भैरव रिसाल ।

२९ असार, काठमाडौं । सरकारले नेपाली साहित्य लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा व्यक्तित्वहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुलाई सम्मानित गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विभिन्न विद्यामा योगदान पुर्‍याएका स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् ।

सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन् ।

भाषा साहित्य विधातर्फ प्रा. डा. दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका छन् । प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओम प्रकाश आचार्य, र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरेका छन् । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरिता देवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भिमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रविन्द्र बहादुर चन्द सम्मानीत भएका छन् ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिराहाका सत्य नारायण चौधरीले प्राप्त गरेका छन् । प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश २ बाट महोत्तरीका हिराकुमारी दर्लामी, बागमती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गढडकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमाला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहर राम दमाई सम्मानित भएका छन् ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधा अन्तर्गत तह्रथुमका मोहन सिटौला, निवन्ध विधातर्फ दाङका प्रा. केशव सुवेदी, गद्यख्यान÷नाटक तर्फ काठमाडौंका पद्मावती सिंह, बाल साहित्य÷लोक साहित्य तर्फ दैलेखका डा. मधुसुदन गिरी र भाषा साहित्य तर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन् ।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा. माधवराज पन्थी सम्मानित भएका छन् भने साहित्य, संस्कृति र विज्ञान तर्फ काठमाडौंको राष्ट्रिय आविस्कार केन्द्रलाई सम्मानित गरिएको छ ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ तर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज वि.क (मरणेपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवन चन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान तर्फ बाँकेका तिलक परियार सम्मानित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?