
३० असार, सप्तरी । सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको हो ।
जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई कार्यकक्षबाटै पक्राउ अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4