Comments Add Comment

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

३०, असार, सिड्नी । अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेका यात्रुहरू ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् । नेपाली दुताबास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट १४९ जना यात्रु नेपाल फर्केका हुन् ।

नेपाल सरकारले काठमाबाटै चार्टर्ड गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६५० अस्ट्रेलियन डलर थियो । पछिल्लो उडानको भाडा एक हजार ७५० अस्ट्रेलियन मात्र परेको छ ।

नेपाल सरकारले नै नेपालीका लागि संकटका बेला गरेको उद्धार उडानको भाडादर महंगो हुनु दुखको कुरा भएको एक यात्रुले बताए ।

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।

अस्ट्रेलियाबाट नेपाल फर्कन झन्डै ६ सय जनाले रुची देखाए पनि उडान क्षमताका आधारमा १४९ जनालाई मात्रै मंगलबार पठाउन सकिएको हो ।

बुधबार नेपाल फर्कने यात्रुहरुमा २ जना अस्ट्रेलियन नागरिक पनि छन् । उनीहरुले अस्ट्रेलियन सरकार र नेपाल सरकारको अनुमति लिएका छन् । यो उडानमा सिड्नीबाट १०४ जना, मेलबर्नबाट ३३ जना र ब्रिसबेनबाट १२ जना छन् ।

सिड्नी र ब्रिसबेनबाट एउटा जहाजले र मेलबर्नबाट फरक जहाजले सिंगापुरसम्मको व्यवसायिक उडानमा उनीहरुलाई बुधबार बिहान सिंगापुर पुर्याउने छ । सिंगापुरबाट काठमाडौंसम्म चार्टर्ड गरिएको जहाजमा लगिने छ ।

अस्ट्रेलियाका तीन फरक स्थानबाट गरिएका उडानका यात्रुहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पदाधिकारी, अस्ट्रेलियामा कार्यरत नेपाली स्वास्थ्यकर्मी र नेपाली दुताबासका प्रतिनिधिहरु विमानस्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment