Comments Add Comment

राखेप सदस्य सचिवमा अञ्जु र निलमको आवेदन

३१ असार काठमाडौं । पूर्व भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव पदमा आवेदन दिएका छन् ।

अन्जु श्रेष्ठ नेपाली महिला भलिबल टिमको कप्तान हुन् भने निलम नेपालको महिला टिमले २०४४ सालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको सदस्य हुन् ।

अर्थशास्त्रमा स्नातकोत्तर निलमले बृहत् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता र अन्य राष्ट्रिय भलिबल प्रतियोगिता पनि खेलेकी थिइन् ।

अन्जुले दुई पटक दक्षिण एसियाली खेलकुद सागमा कास्य पदक जितेकी छन् । आठौं सागमा कास्य पदक जित्दा भलिबल टिमकी सदस्य रहेकी अन्जु १० औं सागमा कास्य जित्दा कप्तान थिइन् ।

बंगलादेशमा २००४ मा भएको पेप्सी बिच भलिबलमा तेस्रो र २००५ मा भएको बिच अन्तर्राष्ट्रिय भलिबलमा उपाधि जित्दा उनी नेपाली टिमको कप्तान थिइन् ।

हाल लक्ष्मीनारायण ट्रष्टको अध्यक्ष रहेकी अन्जुले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षक पनि छिन् ।

उनले एफआईभीबी लेभल टु प्रशिक्षक तालिम पूरा गरेकी छन् । अन्जुले व्यवस्थापन र शिक्षा शास्त्रमा स्नातक गरेकी छिन् ।

नेपाली खेलकुदमा महिला नेतृत्व कम रहेको बेला राखेप सदस्य  सचिवमा खुला आह्वान गरेकाले आवेदन दिएको निलम र अन्जुले बताएका छन् ।

‘नयाँ ऐेनले महिलाहरुको लागि पनि नेतृत्वमा पुग्ने अवसर दिएको छ । भावी पुस्ताको लागि पनि उदाहरण होस् भने मेरो दाबेदारी हो’ अन्जुले भनिन् ।

यस्तै निलमले पनि अरु महिला खेलकर्मीलाई पनि प्रोत्साहन होस् भनेर सदस्य सचिवमा आवेदन दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment