+

खेलाडीलाई सम्मान गर्दा प्रशिक्षकलाई बेवास्ता

२०७७ साउन  १ गते २०:०७ २०७७ साउन १ गते २०:०७
खेलाडीलाई सम्मान गर्दा प्रशिक्षकलाई बेवास्ता

१ साउन, विराटनगर । प्रदेश १ सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ । तर प्रदेश सरकारले प्रशिक्षक र व्यवस्थापकलाई वास्ता नगरेको भन्दै असन्तुष्टि पनि बाहिरिएको छ ।

प्रदेश सरकारले सागमा पदक जित्ने ८८ खेलाडीलाई नगद ८० लाख रुपैयाँसहित सम्मान गरेको थियो । तर सम्मान गर्दा प्रशिक्षक र व्यावस्थापकलाई निम्तो समेत गरेन ।
‘उपाधि जित्नमा खेलाडीसँगसँगै प्रशिक्षक र व्यवस्थापकको पनि भूमिका हुन्छ’ राष्ट्रिय महिला क्रिकेट टोलीका सहायक प्रशिक्षक राजेश पोखरेलले भने ‘नगद ठूलो होइन । सरकारले सम्झिदिएको भएमात्र हुन्थ्यो ।’

ब्याटमिन्टन प्रशिक्षक उत्तम सिंमखडा सरकारले नसम्झिनु दुःखद भएको बताउँछन् । ‘राज्यले आफै सम्झिनुपर्ने हो’ उनले भने ‘सम्मान गर्दा कमजोरी भएको छ ।’

१३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रदेश १ बाट १९ जना प्रशिक्षक र ५ जना टोली ब्यवस्थापकले पदक जिताएका थिए । तर प्रदेश सरकारले भने ८८ खेलाडीलाई मात्र सम्मान गरेर प्रशिक्षक र ब्यवस्थापकलाई बाइपास गरेको प्रशिक्षकहरुको गुनासो छ ।

उपाधि दिलाउन प्रशिक्षक व्यवस्थापक, खेलाडी सबैको भुमिका हुन्छ । तर प्रदेश सरकारले प्रशिक्षक र व्यवस्थापकलाई वास्ता नगरेको महिला फुटबल टोलीका तत्कालिन प्रशिक्षक हरि खड्काको गुनासो छ ।

प्रशिक्षकलाई सरकारले नसम्झिएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘प्रशिक्षक अनि ब्यबस्थापक को भुमिका के ? यदि भुमिका छैन भने भन्नुप¥यो । नत्र नेपालमा बसेर काम गर्ने चाहे प्रशिक्षक होस या व्यवस्थापन सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले ससम्मान आफ्नो मुल्यांकन होस भनेर काम गरेका हुन्छन् ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा अधिकृत सूर्यराज घिमिरे सरकारसँग बजेट नभएका कारण सबैलाई समेट्न नसकिएको बताउँछन् ।

उनका अनुसार सम्मान शीर्षकमा १० लाख मात्र बजेट थियो । मन्त्रिपरिषद बैठकले ८० लाख छुट्याएर सम्मान गरेको उनले बताए । प्रशिक्षकलाई समेट्ने योजना हुँदा हुँदै बजेट अभावका कारण कमजोरी भएको उनले बताए ।

खेलकुद खेलाडी सम्मान प्रदेश १

धेरै कमेन्ट गरिएका

लेखक
हरि अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय