+
+

रुसमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १६:५७

२ साउन, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।

रुसको कोरोना भाइरस क्राइसिस रेस्पोन्स सेन्टरको आँकडाअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १२ हजार १२३ पुगेको हो । पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसको कारण १८६ जनाको मृत्यु भएको छ ।

रुसमा कोरोना भाइरसका संक्रमितको संख्या सात लाख ५९ हजार २०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका ६ हजार ४०६ नयाँ संक्रमित फेला परेका छन् । संक्रमित संख्याको आधारमा रुस कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने चौथो मुलुक हो ।

अहिलेसम्म रुपमा कोरोना भाइरसका पाँच लाख ३९ हजार ३७३ कोरोना संक्रमित निको भइसकेका छन् । रुसमा संक्रमित संख्या अन्य मुलुकको तुलनामा बढी भए पनि मृत्युदर भने कम छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?