+
+
Shares

जिल्ला कार्यसमितिलाई सुदूरपश्चिम कांग्रेसको परिपत्र- १० गतेको भेलामा अनिवार्य उपस्थित हुनु

सुदूरपश्चिम प्रदेश समितिले आयोजना गर्न लागेको यो भेलालाई संस्थापन इतर पक्षको समर्थन रहेको भनिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १८:२१

५ जेठ, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले जेठ १० गते गर्न लागेको भेलामा अनिवार्य उपस्थित हुन प्रदेशका ९ वटै जिल्लाका कार्यसमितिलाई परिपत्र गरेको छ । प्रदेश सभापति वीरबहादुर बलायरले मंगलबार सबै जिल्ला कार्यसमितिलाई ‘पार्टीको वृहत्तर एकता र पुनर्जागरण भेलामा अनिवार्य उपस्थिति’ हुन भन्दै परिपत्र गरेका छन् ।

यस्तै भेलालाई पार्टीका अग्रज नेताहरूले सम्बोधन गर्ने  भनिएको छ ।

सोही परिपत्रमार्फत कांग्रेसका पूर्वकेन्द्रीय पदाधिकारी, निवर्तमान केन्द्रिय पदाधिकारी, वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, ९ वटै जिल्लाका जिल्ला सभापति, प्रदेश कार्यसमिति सदस्य र आमन्त्रित सदस्य, नौ वटै जिल्लाका पूर्वजिल्ला सभापति, पूर्वमन्त्री, सांसदलाई पनि अनिवार्य आमन्त्रण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्री–राज्यमन्त्री, महाधिवेशन प्रतिनिधि, प्रदेशका निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरू, जिल्ला कार्यसमिति सदस्य, भेला जेठ १० गते धनगढीका लागि तय गरिएको छ । यो भेलालाई संस्थापन इतर समूहले दिन, निर्वाचन क्षेत्र तथा पालिकाका सभापतिदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि भेलामा अनिवार्य आमन्त्रण गरिएको पत्रमा उल्लेख छ ।

प्रदेश सभापति बलायर निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । उनी विशेष महाधिवेशनबाट चुनिएको केन्द्रीय कार्यसमितिका कार्यक्रममा सहभागी भएका छैनन् ।

सुदूरपश्चिम प्रदेश समितिले आयोजना गर्न लागेको यो भेलालाई संस्थापन इतर पक्षको समर्थन रहेको भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?