+
+

सुनसरीमा फेरि गोली चल्यो, एकजना घाइते

हरि अधिकारी हरि अधिकारी
२०७७ साउन ३ गते १०:००

३ साउन, विराटनगर । सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन ।

पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ ।

‘प्रहरीले रोक्न खोज्दा एक्कासी आक्रमण गरेर हतियार खोस्न खोजे,’ ढकालले भने, ‘हतियार खोसाखोस हुँदा गोली चल्यो ।’ तस्कर समूहको आक्रमणबाट प्रहरी जवान पनि घाइते भएको उनले बताए ।

सुनसरीमा यो लगातर दोस्रो गोली चलेको घटना हो । बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगञ्ज ३ बस्ने राजेश यादव घाइते भएका छन् । अन्य तीनजना भने भारततिर भागेका थिए । घटनास्थलबाट प्रहरी पेस्तोल, म्यागजिन, गोली र दुईवटा मोटरसाइकल बरामद गरेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?