+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन : परराष्ट्रमन्त्री ज्ञवाली

‘एकताको जगमा प्रहार नगरौं’

अनिल खत्री अनिल खत्री
२०७७ साउन ४ गते ९:५३

४ साउन, गुल्मी । परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताएका छन् । सिमाना विवाद समाधानको विषयमा आफूहरुले असल छिमेकीका नाताले दुई–दुई पटक कूटनैतिक पहल र आग्रह गरे पनि भारतले नटेरेको आरोप उनले लगाए ।

गुल्मीमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि पीसीआर मेसिन तम्घासमा शनिबार हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले भने, ‘भारतले कूटनीतिक पहलको गम्भीरता बुझेन, बरु सडक बिस्तार भयो ।’

राष्ट्रिय अखण्डताको विषयमा सबै दलबीच अभुतपूर्व एकता गरी नयाँ नक्सा जारी गरेको बताउँदै उनले अब पनि सबै दल र जनताको सहयोगमा कुटनीतिक पहलमार्फत् नक्सामा कायम भएको भूभाग फर्काउन प्रयत्न गर्ने बताए ।

अर्को प्रसंगमा मन्त्री ज्ञवालीले पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए । उनले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए ।

मन्त्री ज्ञवालीले कोरोनाको महामारी र छिमेकको समस्या समाधानको पहलको सट्टा आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए । ‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,’ उनले भने, ‘आग्रह र उत्तेजनामा आएर, एकताको जगमा प्रहार गरेर भत्काउन पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?