+
+

गण्डकी प्रदेशका थप १२ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते ११:१०

४ साउन, पोखरा । गण्डकी प्रदेशका चार जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी म्याग्दीका छन् । मालिका, मंगलामा २/२ जना र बेनी नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्वतको जलजला गाउँपालिका र महाशिला गाउँपालिकामा १/१ जना, बागलुङको बडीगाड र काठेखोला गाउँपालिकामा १ जनामा कोरोना संक्रमित भेटिएका छन् ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा १ जना र कालीगण्डकी नगरपालिकामा १ जनामा कोरोना भाइरस संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । ९ सय ३८ जना निको भएर घर फर्केका छन् । मृत्यु हुने ४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?