पोहोर नै गर्या हो या परार गर्या हो कि
माथ्लाघरे काईंलासँग करार गर्या हो कि ।
चोचोमोचो जोडौ भन्थ्यो, बारी सँगै गोडौं भन्थ्यो
जता मल्को उतै ढल्को दोधार पर्या हो कि ।
मनसिन्धु मोड्याजस्तो, नयाँ साँघु जोड्याजस्तो
सम्बन्धको धरातलमा दरार पर्या हो कि ।
डोरी दर्हो कसौं भन्थ्यो, एकाकार भई बसौं भन्थ्यो
सँधियार नै मतियार भई फरार गर्या हो कि ।
लौरी माग्यो खोली तर्यो, विचार अर्कै गर्यो
मौरीसँगै पुतलीले झङ्कार भर्या हो कि ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4