+
+

सरकारी कार्यालयमा अब दुई सिफ्टको व्यवस्था हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १९:१८

६ साउन, काठमाडौं । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ ।

अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् ।

सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?