Comments Add Comment

इब्राहिमोभिचको दुई गोलमा एसी मिलान विजयी

७ साउन, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले जित हात पारेको छ । ससुलोलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै मिलान पाँचौ स्थानमा उक्लेको हो ।

खेलको १९औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा फ्रानसेस्को कपुटोले पेनाल्टीमार्फत ससुलोका लागि बराबरी गोल फर्काए । मिलानका हाकन चालहानग्लोले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि भिएआरको सहयोगमा ससुलोले पेनाल्टी पाएको थियो ।

पहिलो हाफको इन्जुरी टाइममा इब्राहिमोभिचले हाकनको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानले २-१ को अग्रता बनायो ।

मेहदी बोरबियले पहिलो हाफको इन्जुरी टाइममा रातो (दोहोरो पहेँलो) कार्ड पाएपछि ससुलोले दोस्रो हाफ पूरै १० खेलाडीमा रहेर खेलेको थियो । तर मिलानले त्यसको फाइदा भने उठाउन सकेन ।

जितपछि ३५ खेलबाट ५९ अंक जोड्दै मिलान पाँचौ स्थानमा उक्लेको छ । शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने होडबाट बाहिरसकेको मिलान युरोपम लिगमा स्थान बनाउनका लागि प्रतिस्पर्धामा छ । मिलानभन्दा एक खेल कम खेलेको रोमाको ५८ र नापोलीको ५६ अंक छ । ससुलो ४८ अंकसहित आठौं स्थानमा छ ।

एटलान्टा दोस्रो स्थानमा

यसैगरी बोलोग्नालाई १-० ले पराजित गर्दै एटलान्टा अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भएको खेलमा एटलान्टाका लागि लुइस मुरियलले दोस्रो हाफमा गोल गरेका थिए । मुरियलले ६२औं मिनेटमा गरेको गोल नै एटलान्टालाई ३ अंक दिलाउन निर्णायक बनेको हो ।

जितपछि एटलान्टाले ३५ खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको इन्टर ७१ अंकसहित तेस्रो स्थानमा छ । ३४ खेलबाट ८० अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment