Comments Add Comment

सुटिङका लागि तयार छन् यी फिल्म

नेपाल सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेपनि चलचित्र क्षेत्रको चहलपहल भने सुरु गर्न सकेको छैन । हल कहिलेबाट खुल्छ अहिलेसम्म कुनै निर्णय भएको छैन । अब, सरकारले मापदण्ड बनाइदिएर छायांकनको काम भने सुरु गर्न दिनुपर्छ भन्ने मागहरु चलचित्रकर्मीले राख्न थालेका छन् । तर, चलचित्रसँग सम्बन्धित निकायले नै यो बिषयमा गम्भिर नभैदिदा चलचित्र क्षेत्रलाई सरकारले वास्ता गरेको छैन ।

सरकारले चलचित्रको छायांकनका लागि अनुमती दिएपछि सुटिङ सुरु गर्ने तयारीमा चलचित्रकर्मीहरु देखिएका छन् । करिब एक दर्जन चलचित्रका निर्माताले छायांकन प्रारम्भ गर्ने बताएका छन् ।

निर्माता रोज राणाले आफ्नो नयाँ चलचित्र ‘खलनायक २’को छायांकन सुरु गर्ने बताएका छन् । कलाकार लगभग फाइनल गरेर बसेका रोजले सरकारले अनुमती दिएपछि काम सुरु गर्ने बताएका छन् ।

यस्तै, नायिका रेखा थापाले पनि नयाँ चलचित्रको काम सुरु गर्ने बताएकी छिन् । सौगात मल्ल, रेखा थापा लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रको छायांकन सरकारले अनुमती दिएपछि सुरु हुनेछ ।

निर्देशक दीपेन्द्र के खनाल पनि सरकारबाट अनुमती पाएपछि छायांकन सुरु गर्ने तयारीमा छन् । शर्मिला पाण्डेले लगानी गर्ने चलचित्रलाई सामाजिक कथावस्तुमै बनाउने तयारी दीपेन्द्रको छ ।

निर्देशक मिलन चाम्स पनि नयाँ चलचित्रको छायांकनका लागि तयार छन् । लकडाउनको समयमा नै लोकेशन हेरिरहेका मिलनले नयाँ चलचित्रलाई नेपाल र मलेसियामा खिच्ने बताएका छन् । निर्देशक विकासराज आचार्य पनि ‘नाई नभन्नु ल ६’लाई लकडाउन खुलेपछि सुरु गर्ने तयारीमा छन् । उनले, चलचित्रको छायांकन साउनबाटै सुरु गर्ने योजना बनाएपनि त्यो पुरा हुन सकेन ।

निर्माता किरण नेपाली ‘२ नम्बरी’ अगाडि नै नयाँ चलचित्रको छायांकनमा जाने तयारीमा छन् । यस्तै, निर्देशक सुरेन्द्र पौडेले पनि चलचित्र ‘बेञ्जो’को छायांकनका लागि तयार छन् । उनले, लकडाउन अगाडि नै काम सुरु गर्ने तयारी गरेपनि त्यो संभव हुन सकेन ।

यी बाहेक अन्य केही चलचित्रका निर्माताले पनि छायांकन सुरु गर्ने योजना बनाएका छन्, तर सरकारले अहिलेसम्म चलचित्र छायांकनका लागि अनुमती नदिदा उनीहरु अन्यौलमा छन् ।
यी बाहेक लकडाउनका कारण रोकिएका आधा दर्जन चलचित्रको छायांकन पनि लकडाउन खुलेसँगै सुरु हुनेछ ।

चलचित्रको छायांकन सुरु भएको खण्डमा चलचित्र क्षेत्रमा गतिविधी बढ्नेछ भने चलचित्रकर्मीले पनि काम गर्न पाउनेछन् । यसैले, चलचित्रको छायांकनका लागि सरकारलाई दबाब दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment