+
+

रुपन्देहीमा करेन्ट लागेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १६:४५

९ साउन, बुटवल । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए । .

डुबेर वेपत्ता

यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउंपालिका–५ स्थित नारायणी नदीमा डुकेर एक पुरुष वेपत्ता भएका छन् ।

नारायणी नदीको ३ नम्बर ठोक्करमा दाउरा तान्ने क्रममा चिप्लिएर सुस्ता रामनगरका ५५ वर्षका राधेश्याम कोइरी वेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?